९ मंसिर, २०८१ आइतबार
03:10:35 AM
२९ असार, २०७९
काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकबीच मर्जको प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ । बुधबार याक एण्ड यति होटलमा दुई बैंकबीच मर्जरको सम्झौता पत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा हिमालयन बैंकको तर्फबाट प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकको तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गर्नुभएको हो ।
हिमालयन र सिभिल बैंकबीच १००ः८१ को सेयर स्वाप रेसियोमा मर्जरमा जाने सहमति भएको हो ।अर्थात सिभिल बैंकको १०० कित्ता सेयर हुनेले हिमालयन बैंकमा ८१ कित्ता सेयर हुने छ । एक्विजेशन पछि बन्ने संस्थाको नाम हिमालयन बैंक हुने तथा सञ्चालक समिति हिमालयन बैंकको नै हुने छ ।