९ मंसिर, २०८१ आइतबार
03:24:38 AM
२९ असार, २०७९
काठमाण्डौं । कुमारी बैंकले विभिन्न निक्षेप मुद्दती योजनाहरु सार्वजनिक गरेको छ ।बैंकले २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा सम्मको प्रतिफल दिने विविध निक्षेप मुद्दती योजनाहरु सार्वजनिक गरेको हो । यी योजनामा ईच्छुक व्यक्ति तथा संघ–संस्थाहरु समावेश हुन सक्ने छन् ।
उक्त मुद्दती निक्षेप योजनाहरु दीर्घकालीन अवधिको लागी निक्षेप राखी प्रतिफल प्राप्त गर्न इच्छुक व्यक्ति तथा संघ–संस्थालाई लक्षित गरिएको छ । सो निक्षेप योजना अनुसार व्यक्ति तथा संघसंस्थाहरुले तोकिएको अवधि समाप्ती पछि आफ्नो साँवा रकमको २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा सम्मको प्रतिफल (नियमानुसार लाग्ने करकट्टी पश्चात) प्राप्त गर्न सक्नेछन् ।
व्यक्तिगत निक्षेपकर्ताले आफ्नो साँवा रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः ५.९० वर्ष, १०.२१ वर्ष, १२.९४ वर्ष र २१.६३ वर्षको अवधिमा प्राप्त गर्नेछन् ।
यसैगरी, संस्थागत निक्षेपकर्ताले आफ्नो साँवा रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः ७.२५ वर्ष, ११.७१ वर्ष, १४.९२ वर्ष र २५.४० वर्षको अवधिमा प्राप्त गर्नेछन् ।
यस्ता योजनाको विस्तारले औपचारिक बैंकिङ्ग प्रणालीहरू मार्फत अर्थतन्त्रमा रकमको प्रवाहलाई प्रोत्साहन गर्नेे हुँदा हाल बैंक तथा वित्तीय संस्थाभित्र विद्यमान तरलता अभाव र सो कारणले कर्जा प्रवाहमा आएकोे अवरोधकोे स्थितिमा केहि सहजता आउन सक्ने विश्वास बैंकले राखेको छ ।
नेपाली वित्तिय क्षेत्रमा हाल सम्मकै व्यक्तिगत एवं संस्थागत मुद्धतीमा उच्चतम व्याजदर दिने मध्येमा यी योजनाहरु पर्दछन् । वर्तमान वित्तिय बजारमा उच्चतम प्रतिफल सहितकोे सो योजनामा समावेश हुने संघसंस्थाहरुले आगामी दशककै उत्कृष्ट प्रतिफल प्राप्त गर्न सक्नेमा बैंकले विश्वास लिएको छ ।
बैंकले १९७ शाखा सञ्जाल, १८१ एटिएम, ४५ शाखारहित बैंकिङ ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवा सुविधाहरु प्रदान गर्दै आएको छ ।