९ मंसिर, २०८१ आइतबार
03:17:49 AM
२९ असार, २०७९
काठमाण्डौं । नेपाल बैंकर्स संघले साउन महिनामा पनि ब्याजदर नबढाउने भएको छ । बैंकर्स संघको बुधबार बसेको बैठकले वाणिज्य बैंकहरुले साउन महिनाका लागि निक्षेपमा ब्याजदर ११.०३ प्रतिशतसम्म नै दिने सहमति भएको जानकारी दिएको हो ।
संघले असारका लागि तोकिएको ब्याजदरलाई नै निरन्तरता दिने निर्णय गरेको जनाएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लगातार ब्याजदर बढ्न सक्ने बताउँदै आउनुभएको थियो।
बैंकहरुबीच भएको सहमति अनुसार हाल वाणिज्य बैंकहरुले व्यक्तिगत प्रकृतिको मुद्दती निक्षेपमा ११.०३ प्रतिशत र संस्थागत प्रकृतिको मुद्दती निक्षेपमा १०.०३ प्रतिशत ब्याजदर प्रकाशित गरेका छन् ।