९ मंसिर, २०८१ आइतबार

03:07:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनसीसी बैंकको २६ लाख कित्ता सेयर बिक्रिमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

२९ असार, २०७९

एनसीसी बैंकको २६ लाख कित्ता सेयर बिक्रिमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकले विभिन्न व्यक्तिहरुको नाममा रहेको २६ लाख ३३ हजार १३६ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

बैंकले यसअघि एक सूचना प्रकाशन गर्दै बैंकका विद्यमान संस्थापक सेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेको थियो । तर सो समयमा संस्थापक सेयरधनीहरुबाट कुनै पनि निवेदन प्राप्त नभएको हुनाले अब उक्त सेयर अन्य इच्छुक व्यक्ति वा संस्थालाई बिक्री गर्न लागेको बैंकले जनाएको छ। बैंकले सेयरको न्यूनतम मूल्य १३१ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले आवेदन दिदा १३१ रुपैयाँ वा त्यो भन्दा बढि मूल्यमा आवेदन दिन सक्नेछन् ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशन भएको मितिले साउन ११ गतेभित्र आवश्यक कागजपत्र संकलन गरी के कति कित्ता सेयर खरिद गरी लिने हो सोको व्यहोरा खुलाई बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन् ।