९ मंसिर, २०८१ आइतबार
03:35:53 AM
२९ असार, २०७९
काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकबीच मध्यरातमा सहमति भएको छ । लगभग भाँडिइसकेको यी दुई बैंकबीच मंगलबार मध्यरातमा सहमति भएको हो । मंगलबार भएको सहमति अनुसार हिमालयन बैंकमा सिभिल बैंक गाभिने छ ।
जसमा स्वाप अनुपात १००ः ८१ हुने छ । सिभिल बैंकमा १०० कित्ता सेयर हुनेको एक्विजेशन भएपछि ८१ कित्ता सेयर हुने छ । एक्विजेशन पछि बन्ने संस्थाको नाम हिमालयन बैंक हुने तथा सञ्चालक समिति हिमालयन बैंकको नै हुने छ । एकीकृत कारोबारपछि हुने साधारणसभाले नयाँ सञ्चालक समिति चयन गर्ने छ ।
हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर भाँडेपछि राष्ट्र बैंकको कारवाहीबाट बच्न अर्को वाणिज्य बैंकसँग मर्जर वा एक्विजेशन गर्नुपर्ने बाध्यता थियो ।