११ मंसिर, २०८१ मंगलबार

07:14:43 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आयकरको तेस्रो किस्ता बापतको कर तथा विवरण बुझाउन राजश्व विभागको ताकेता (सूचनासहित)

Nepal Business

२८ असार, २०७९

आयकरको तेस्रो किस्ता बापतको कर तथा विवरण बुझाउन राजश्व विभागको ताकेता (सूचनासहित)

काठमाण्डौं । आन्तरिक राजश्व विभागले आयकरको तेस्रो किस्ता बापतको कर तथा विवरण बुझाउन ताकेता गरेको छ । 

मंगलबार विभागले सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०७८/७९ को आयकरको अनुमानित कर र सोको विवरणको तेस्रो किस्ता वा शतप्रतिशत रकममध्ये तिर्न बाँकी कर असार मसान्तभित्र बुझाउन ताकेता गरेको हो । 

विभागले आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा (१) बमोजिम आय वर्ष २०७८/ ७९ को आयकरको किस्ता रकम असार मसान्तभित्रै ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्बन्धित राजस्वरकरदाता सेवा कार्यालयमा दाखिला गर्न आग्रह गरेको हो ।