९ मंसिर, २०८१ आइतबार

03:28:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एभरेष्ट बैंकले ७ प्रतिशत लाभांश वितरण गर्ने, अग्राधिकार सेयरको बुकक्लोज मिति तय

२८ असार, २०७९

एभरेष्ट बैंकले ७ प्रतिशत लाभांश वितरण गर्ने,  अग्राधिकार सेयरको बुकक्लोज मिति तय

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।  बैंकले अग्राधिकार सेयरधनीलाई लाभांश वितरणको लागि बुक क्लोज मिति तय गरेको छ । बैंकले अग्राधिकार सेयरको लाभांश वितरणको लागि असार ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

बैंकबाट जारी गरिएको साधारण सेयरमा परिणत हुने ७ प्रतिशत अग्राधिकार सेयर जारी गर्दा प्रकाशित विवरणपत्रको दफा ५.५ (छ) मा उल्लेख भए बमोजिम उक्त सेयरबाट हरेक वर्ष ७ प्रतिशतका दरले नगद लाभांश वितरण गरिने भएकाले  सो प्रयोजनका लागि उक्त अग्राधिकार सेयरको अन्तिम कारोबार असार ३१ गते रहने बैंकले उल्लेख गरेको हो  ।