८ मंसिर, २०८१ शनिबार

03:16:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शाओमीको नयाँ स्टोर बनेपा र बालाजुमा, नेपालमा स्टोर संख्या दोब्बर पार्ने लक्ष्य

२७ पुस, २०७८

शाओमीको नयाँ स्टोर बनेपा र बालाजुमा, नेपालमा स्टोर संख्या दोब्बर पार्ने लक्ष्य

काठमाण्डौं

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर सञ्चालनमा ल्याएको छ । कम्पनीले बनेपा–६ स्थित गोदाम चोकमा आफ्नो नयाँँ स्टोर सञ्चालनमा ल्याएको विज्ञप्ती मार्फत जानकारी दिएको हो ।

यस्तै कम्पनीले बालाजुको नयाँँबसपार्कको बि.जि. मलमा पनि आफ्नो नयाँँ स्टोर सञ्चालनमा ल्याएको छ । शाओमीले आफ्नो स्टोरहरुको संख्या दोब्बर बनाउने उद्देश्य पुरा गर्न नेपालभरि नयाँँ र आधुनिक स्टोरहरु खोल्ने योजना बनाएको छ ।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो, ‘यी नयाँँ स्टोरहरु खुलेपछि हाम्रा ग्राहकहरुलाई किनमेल गर्न अझ धेरै सजिलो हुनेछ र सँग–सँगै हाम्रो सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उदेश्य पनि पुरा हुनेछ । हामीलाई आशा छ हाम्रा ग्राहकहरु हाम्रो यी नयाँँ स्टोरहरुमा आउनु हुनेछ र हाम्रो नयाँँ–नयाँँ उत्पादनहरु मन पराउनु हुनेछ।’

यो मोडलले नेपालमा नयाँँ र आधुनिक स्टोरहरु खोल्दै ग्राहकहरुलाई सुविधा प्रदान गर्ने शाओमीको उत्साह झल्काउँछ । यो नयाँँ स्टोरमा सप्प्लाई चेन म्यानेजमेन्ट, उत्पादनको उपलब्धता र डेलिभरी मेजरहरु जस्ता सम्पूर्ण रिटेलको कामहरु मुख्य ब्रान्डको मातहतमा इन्टिग्रेट हुनेछन् ।