९ मंसिर, २०८१ आइतबार
02:46:38 AM
२८ असार, २०७९
काठमाडौं । प्रभु बैंक लिमिटेडले केही संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले ६८ हजार ३९ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । बैंकले यसअघि एक सूचना प्रकाशन गर्दै बैंकका विद्यमान संस्थापक सेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेको थियो ।
तर उक्त समयअवधिमा संस्थापक सेयधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि निवेदन प्राप्त नभएकाले बैंकले सो सेयर अन्य इच्छुक व्यक्ति वा संस्थालाई बिक्री गर्न लागेको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति वा संस्थाले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौँमा निवेदन दिन सक्नेछन् ।