९ मंसिर, २०८१ आइतबार

02:46:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन

२८ असार, २०७९

 नेप्सेमा एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन भएको छ। नेप्सेले बैंकको ८.५० प्रतिशत बोनस सेयर समायोजन गरेको हो। नेप्सेले समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ३२० रुपैयाँ ७४ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको सेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार, बैंकको सेयर प्रतिकित्ता ३४८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले आज असार २८ गतेदेखि साउन ९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो असार २७ गतेसम्म कायम सेयरधनीहरुमात्रै बैंकको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

कम्पनीले आफ्नो १६ औँ वार्षिक साधारणसभा साउन ९ गते बोलाएको छ। सो सभा झापाको बिर्तामोर्डस्थित सिद्धार्थ होटेलमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ८.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ५१ लाख ५२ हजार ७५४ रुपैयाँ बराबरको नगद लाभांश विरतण गर्ने प्रस्ताव पारित गर्नेछ।

यसका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रदेशस्तरिय बैंक बनाउन कार्यक्षेत्र विस्तार गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।