२१ बैशाख, २०८१ शुक्रबार

05:47:25 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यस्तो छ डलरको भाउ (मूल्यसहित)

Nepal Business

२८ असार, २०७९

अमेरिकन एक डलरको भाउ १ सय २७ रुपैयाँ ४१ पैसा पुगेको

यस्तो छ डलरको भाउ (मूल्यसहित)

काठमाण्डौं । अमेरिकी डलरको भाउ उकालो लागेको छ । मंगलबार अमेरिकन एक डलरको भाउ १ सय २७ रुपैयाँ ४१ पैसा पुगेको छ । नेपाल राष्ट्र बैंकले एक डलरको बिक्रिदर १ सय २६ रुपैयाँ ८१ पैसा रहेको जनाएको छ । 

यस्तै युरोपियन युरोको खरिददर १ सय २८ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रिदर १ सय २८ रुपैयाँ ७४ पैसा रहेको छ ।युके पाउण्डको खरिददर १ सय ५१ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रिदर १ सय ५२ रुपैयाँ १३ पैसा रहेको छ । 

यसबेला रेमिटेन्स पठाउनेले बढी मूल्य पाउँछन् । डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ। नेपालले ठूलो मात्रामा आयात गर्ने भएकाले विदेशी मुद्रा तिरेर किन्नुपर्ने सामान तथा सेवाहरु महँगो पर्ने छ । महँगो डलरमा आयातित सामान भित्रिने हुनाले मूल्यवृद्धिमा यसको चाप देखिने छ ।