२१ बैशाख, २०८१ शुक्रबार

07:54:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

११ महिनामा २७.५ प्रतिशतले आयात बढ्यो, व्यापार घाटा कति ?

Nepal Business

२७ असार, २०७९

११ महिनामा २७.५ प्रतिशतले आयात बढ्यो, व्यापार घाटा कति ?

काठमाण्डौं । चालु आर्थिक वर्षको ११ महिनामा आयात २७.५ प्रतिशतले बढेको छ । सोमबार नेपाल राष्ट्र बैंक चालू आर्थिक वर्षको ११ महिनाको आर्थिक तथा वित्तीय स्थितिबारे तथ्यांक सार्वजनिक गर्दै चालु आर्थिक वर्षको ११ महिनामा १७ खर्ब ६३ अर्ब २२ करोड बराबरको वस्तु आयात भएको जानकारी दिएको हो । अघिल्लो वर्षको सोही अवधिमा २५.७ प्रतिशतले आयात भएको थियो । 

भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४.२ प्रतिशत, १६.० प्रतिशत र ४६.१ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, सुन, अन्य मेशिनरी तथा पार्ट्स लगायतका वस्तुको आयात बढेको छ भने एमएस विलेट, रासायनिक मल, सिमेन्ट, धान तथा चामल, दाल लगायतका वस्तुको आयात घटेको छ। 

चालु आर्थिक वर्षको ११ महिनामा कुल वस्तु निर्यात ५३.३ प्रतिशतले वृद्धि भई १८५ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३७.८ प्रतिशतले वृद्धि भएको थियो । 
गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ६१.८ प्रतिशत र ३०.१ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २१.४ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलंैचा, जिंक शिट लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, औषधी (आयुर्वेदिक), दन्त मञ्जन, तार लगायतका वस्तुको निर्यात घटेको छ ।

यस्तै आर्थिक वर्ष २०७८÷७९ को एघार महिनामा कुल वस्तु व्यापार घाटा २५.० प्रतिशतले वृद्धि भई .१५७७ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४.६ प्रतिशतले बढेको थियो ।समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.८ प्रतिशत रहेको थियो । 

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी २०० अर्ब ८२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात  १७३ अर्ब २६ करोड रुपैयाँ बराबरको भएको थियो ।