९ मंसिर, २०८१ आइतबार

02:51:06 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वाणिज्य बैंकहरुले लिए ८९ खर्ब ८७ अर्ब एसएलएफ सुविधा

२७ असार, २०७९

वाणिज्य बैंकहरुले लिए ८९ खर्ब ८७ अर्ब एसएलएफ सुविधा

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम  (तरलता) अभाव चुलिँदै गएपछि वाणिज्य बैंकहरुले ८९ खर्ब ८७ अर्ब ९५ करोड ३६ लाख रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन् ।

गत चालु आर्थिक वर्षको साउनदेखि असार २४ गतेसम्म वाणिज्य बैंकहरुले ८९ खर्ब ८७ अर्ब ९५ करोड ३६ लाख रुपैयाँ राष्ट्र बैंकबाट अल्पकालीन सापटी लिएका हुन् । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले ४ हजार ७ सय ९२ वटा कारोबारबाट सो रकम एसएलएफ सुविधा लिएका हुन् ।

बैंकहरुले एक साता अवधिका लागि एसएलएफ सुविधा लिने गरेका छन् ।सरकारी ऋणपत्र धितो राखेर यस्तो सुुविधा लिन पाउने व्यवस्था छ । बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानीको बढीमा ९० प्रतिशतसम्म एसएलएफ सुविधा लिन सक्छन् ।  बैंकले ७ दिन अवधिका लागि उक्त रकम लिएका हुन्छन् । असार २४ गते बैंकहरुले २० वटा कारोबारबाट ३३ अर्ब ६७ करोड रुपैयाँ एसएलएफ सुविधा लिएका राष्ट्र बैंकले जनाएको छ ।