२२ बैशाख, २०८१ शनिबार

08:55:26 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले शिक्षामन्त्री पौडेललाई बुझाए ११ बुँदे ज्ञापनपत्र

२७ असार, २०७९

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले शिक्षामन्त्री पौडेललाई बुझाए ११ बुँदे ज्ञापनपत्र

काठमाडौँ । राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले शिक्षामन्त्री देवेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएका छन् । शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधान गर्न  उनिहरुले ११ बुँदे माग सरकारलाई बुझाएका हुन् ।

सोमबार संगठनका प्रतिनिधिले शिक्षामन्त्री पौडेलसँग सिंहदरबारमा भेट गरी शैक्षिक क्षेत्रका समस्या समाधान गर्न ११ बुँदे माग राखेर ज्ञापनपत्र बुझाका हुन् ।

गत असार १ गते प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजनीतिक, समसामयिक र जनजीविकासँग सम्बन्धित २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले आफ्नो माग सम्बोधन गराउन असार १३ गतेदेखि दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । उसको भ्रातृ संगठनले पनि शिक्षासँँग सम्बन्धित् विभिन्न ११ बुँदे माग राखेर शिक्षामन्त्री पौडेललाई ज्ञापनपत्र बुझाएको हो ।