१२ मंसिर, २०८१ बुधबार

08:41:33 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

उच्च मुद्रास्फितिले सर्वसाधारणमा ठूलो मर्का परेकाले बैंकको ब्याजदर बढाएरै समाधानको बाटो खोज्नुपर्छः गभर्नर

Nepal Business

२७ असार, २०७९

बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ऋण र रेमिट्यान्सको ठूलो हिस्सा आयातमै जानु गम्भीर बिषय भएको भन्दै यस बिषयमा केन्द्रीय बैंक गम्भीर रहेको

उच्च मुद्रास्फितिले सर्वसाधारणमा ठूलो मर्का परेकाले बैंकको ब्याजदर  बढाएरै समाधानको बाटो खोज्नुपर्छः गभर्नर

काठमाण्डौं । नेपाल राष्ट्र  बैंकको गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बढेको उच्च मुद्रास्फितिले सर्वसाधारणमा ठूलो मर्का परेकाले बैंकको ब्याजदर  बढाएरै यसका समाधानको बाटो खोज्नुपर्ने बताउनुभएको छ । 

सोमबार सिंहदरबारमा बसेको अर्थ समिति बैठकमा गर्भनर अधिकारीले अहिले आयात उच्च हुँदा वैदेशिक मुद्रा संचितिमा दवाव परेको र शोधनान्तर घाटा पनि बढ्दै गएको बताउनुभएको हो । 

यस्तै गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ऋण र रेमिट्यान्सको ठूलो हिस्सा आयातमै जानु गम्भीर बिषय भएको भन्दै यस बिषयमा केन्द्रीय बैंक गम्भीर रहेको बताउनुभयो ।

 
उहाँले कर्जा प्रवाहमा ठूला घरनाले फाइदा लिदा रिक्स बढे पनि यसलाई तत्कालै रोक्न नसकिने उहाँको भनाई छ । साथै उहाँले बैंक तथा वित्तीय संस्थाहरुले प्रवाहित कर्जाको मुल्यांकन गर्दै सिमित व्यक्ति तथा घरनाले उपयोग भए÷नभएको एकिन गर्न पनि सुझाव दिनभएको थियो । 

गर्भनर अधिकारीले यसअघि कोरोना महामारीका बेला विभिन्न कार्यक्रम ल्याएपनि अहिले अवस्था सहज भइसकेको अवस्थामा अर्थतन्त्रलाई सुधार गर्ने गरि मौद्रिक निति ल्याउने तयारी भइरहको बताउनुभयो ।