९ मंसिर, २०८१ आइतबार
02:30:46 AM
२७ असार, २०७९
काठमाण्डौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त ४ सहकारीका ऋणीलाई ३५ दिने सूचना पुनः जारी गरेको छ ।
समितिले समस्याग्रस्त अवस्थामा रहेका प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को अपरेटिभ लिमिटेड, कुवेर बचत तथा ऋण सहकारी संस्था, प्रभु बचत तथा ऋण सहकारी संस्था र स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड सहकारीका ऋणीहरुलाई सम्पर्कमा आउनका लागि ३५ दिने सूचना जारी गरेको हो ।
समितिले सहकारीहरु समस्याग्रस्त घोषित भए अनुसार सम्पत्ति तथा दायित्वको व्यवस्थापन गरी ऋणीहरुलाई ऋण चुक्ता गर्न पटक पटक पत्राचार समेत गरेको थियो ।