९ मंसिर, २०८१ आइतबार

02:09:48 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२७ असार, २०७९

एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज (सोमबार) अन्तिम दिन रहेको छ । लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले भोलि असार २८ गतेदेखि साउन ९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।

यसर्थ, असार २७ गतेसम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र सभामा सहभागि हुन तथा प्रस्तावित लाभांश पाउन सक्नेछन् । बैंकको १६ औं वार्षिक साधारण सभा साउन ९ गते सिद्धार्थ होटल विर्तामोड झापामा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट ८.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगद लाभांश गरी कुल ८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । बोनस सेयर वितरणपछि बैंकको जारी तथा चुक्तापुँजी वृद्धि गरी १ अर्ब २४ करोड ९६ लाख ९४ हजार ४७०.९३ रुपैयाँ कायम गर्ने र सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसनमाा जानुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने लगायतका एजेण्डा छन् ।