११ मंसिर, २०८१ मंगलबार
08:17:37 AM
२७ असार, २०७९
काठमाण्डौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक संकट देखा परेकाले यसबाट जोगाउन विदेशी लगानीका लागि आग्रह गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघ युकेको वार्षिक साधारणसभाका अवसरमा लन्डनमा आइतबार आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको समन्वयमा अब यहाँहरुले पनि डलरमा खाता खोल्ने अवसर प्राप्त गर्नुभएको बताउनुभयो । यसबाट लाभ लिन र नेपालमा बढीभन्दा बढी लगानी भित्र्याउन आग्रह गर्नुभएको हो ।
यस्तै उहाँले नेपाललाई आर्थिक संकटमा पर्न नदिन र आर्थिक अवस्थालाई बचाउन संसारभरका नेपालीहरुले नेपालमा पुँजी र प्रविधि भित्र्याउन र वैदेशिक लगानी ल्याउनुपर्ने बताउनुभयो ।
उहाँले कोरोनाको कहर र पछिल्लो समयमा आएर रुस–युक्रेन युद्धका कारण विश्वको अर्थतन्त्रमा अनेकन समस्याहरु देखा परिरहेको बताउँदै महँगी बढेको र त्यसको मारमा नेपाल परिरहेको बताउनुभयो।
उहाँका अनुसार लगानी गरेर राम्रो प्रतिफल लिन मिल्ने संसारका धेरै देशहरुमध्ये नेपाल पनि एक रहेको छ ।
कारोना महामारीपछि विश्वमा नै आर्थिक संकट परेको छ । श्रीलंकका टाट पल्टिसकेको छ । नेपाल पनि त्यस संकटबाट बच्न सकेको छैन । अर्को तर्फ रुस–युक्रेनको द्धन्द्धले आर्थिक संकटमा मलजल गर्ने काम गरेको छ ।