१६ कार्तिक, २०८१ शुक्रबार
09:32:21 AM
२७ असार, २०७९
छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९४ हजार सात सय रुपैयाँमा कारोबार
काठमाण्डौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्य सामान्य रुपले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ ।
छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको मूल्य तोलाको ९४ हजार आठ सय रुपैयाँ थियो ।
तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले घटेर ९४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुनको मूल्य तोलाको ९४ हजार तीन सय रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्यस्थिर रहि तोलामा ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।