८ मंसिर, २०८१ शनिबार

03:22:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

धमाधम बन्द र स्थगित भए घोषित मेला-महोत्सव, अब के हुन्छ ?

Nepal Business

२६ पुस, २०७८

कोरोनाले जनजीवन प्रभावित

धमाधम बन्द र स्थगित भए घोषित मेला-महोत्सव, अब के हुन्छ ?

२६ पुस । मुलुकमा घोषित र भर्खरै सञ्चालन भएका मेला-महोत्सवहरु धमाधम स्थगित गर्न थालिएको छ । सरकारको महत्वपूर्ण संयन्त्र सिसिएमसीले कोरोना संक्रमणलार्इँ मध्यनगर गरी उत्सवहरु नगर्न भनेपछि अहिले मुलुकका विभिन्न जिल्लाका मेला उत्सवहरु स्थगित हुन थालेका छन् ।

सरकारको महत्वपूर्ण संयन्त्र सिसिएमसीले कोरोना संक्रमणलार्इँ मध्यनगर गरी उत्सवहरु नगर्न भनेपछि अहिले मुलुकका विभिन्न जिल्लाका मेला उत्सवहरु स्थगित हुन थालेका छन् ।

केही दिन अघिबाट शुरु भएको मुलुककै ठुलो उत्सवमा पर्ने चितवन महोत्सव पनि दुई दिन समय दिएर २९ गतेबाट स्थगित गरिएको छ । चितवनको देवघाटमा लाग्ने माघे सङ्क्रान्तिसहितका जिल्लामा सञ्चालन भइरहेका र हुने तयारीमा रहेका मेला महोत्सव बन्द गरिएको चितवन प्रशासनले जनाएको छ । चितवनमा मंगलबारदेखि रत्ननगर महोत्सव शुरु हुँदै थियो । त्यो पनि रोकिएको छ । 

आज मात्रै गृहमन्त्रालयले २५ जनाभन्दा बढी उपस्थित भई हुने सबै प्रकारका सभा, जुलुस, सम्मेलन, प्रदर्शन, भेला, जात्रा, महोत्सव गर्न रोक लगाउने निर्णय गरेको थियो । सोही वेहोराको परिपत्र मुलुकका ७७ वटै जिल्लामा पठाइसकिएको गृहमन्त्रालयले जनाएको छ । 

खैरहनीमा हुन लागेको खिचरा महोत्सव पनि रोकिएको छ । यस्तै पोखरा महोत्सव र सुदुरपश्चिम प्रादेशिक महोत्सव समेत स्थगित भएको सम्बन्धित आयोजक संस्थाले सोमबार सूचना जारी गरी जनाएको छ । 

सरकराले खोपलाई अभियानकै रूपमा अगाडि बढाउने, सार्वजनिक स्थानमा निःशुल्क एन्टिजेन परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको छ । सरकारी कार्यालयले जनस्वास्थ्यको मापदण्ड अनिवार्यरूपमा पालना गर्ने सुनिश्चित गरी भीडभाड नहुने गरी सेवा प्रवाह गर्न निर्देशन दिएको छ । 

सार्वजनिक सवारी साधनमा सिट क्षमताभन्दा बढी क्षमताका यात्रु नराख्न, यात्रु, चालक र सहचालकले अनिवार्यरूपमा मास्क लगाउन, सवारी साधनको ढोकामा सेनिटाइजरको व्यवस्था गर्न र दैनिक सवारीलाई निःसङ्क्रमण गर्न पनि सरकारले आव्हान गरेको छ ।