२२ बैशाख, २०८१ शनिबार

06:18:51 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पत्रपश्न हुबहु मिलेको विषयमा छानबिन गर्न उच्चस्तीय समिति

Nepal Business

२७ असार, २०७९

उहाँले प्रश्नपत्र निर्माणमा मर्यादा विपरीत काम गरेको पाइएको भन्दै प्रश्नपत्र निर्माणमा संलग्न व्यक्तिहरुलाई त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियमअनुसार कारबाही पनि गरिएको बताउनुभएको छ ।

पत्रपश्न हुबहु मिलेको विषयमा छानबिन गर्न उच्चस्तीय समिति

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले बीबीए छैटौं सेमेस्टरको पत्रपश्न हुबहु मिलेको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति बनाएको जनाएको छ । 

२२ असारमा एमजीटी २०३ः अर्गनाइजेशनल बिहेभियर विषयको प्रश्नपत्र मोर्डन नेपाल कलेजले आन्तरिक परीक्षाका लागि लिएको प्रश्नपत्रसँग हुबहु मिलेको थियो ।

 यस्तै एसओसी २०२ : नेपलिज सोसाइटी एण्ड पोलिटिक्स विषयको प्रश्नपत्र भने अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो । 

त्रिवि व्यवस्थापन संकायका डीन प्राडा डिल्लीराज शर्माले आइतबार विज्ञप्ति जारी गर्दै परीक्षा सञ्चालन तथा व्यवस्थापनमा देखिएको समस्या तथा कमजोरीको अध्ययन गर्न छानबिन समिति बनाएको जानकारी दिनुभएको छ । 