९ मंसिर, २०८१ आइतबार
01:14:04 AM
२६ असार, २०७९
काठमाण्डौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समग्र अर्थतन्त्रलाई जोगाउनु पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।
आइतबार आगामी आर्थिक वर्षको मौद्रिक नीतिबारे नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नरले अहिले समग्र विश्व अर्थतन्त्र कसरी अगाडि बढिरहेको छ त्यो हेर्नुपर्ने बेला भएको बताउनुभएको हो ।
गभर्नरले भन्नुभयो, ‘रूस–युक्रेन युद्धको असरको प्रभावमा हामी परेकाले नेपाल चुनौतिपूर्ण अवस्थामा छ । यो चुनौति वाह्य क्षेत्रबाट आएको हो । यसलाई चिर्ने काम भइरहेको छ ।’उहाँले कोभिडमा दिएको सुविधामध्ये अझै पनि केही निरन्तर रहेको बताउनुभयो ।
यस्तै उहाँले पहिले प्रणालीलाई स्थिर राखे मात्र त्यसमा सबैको हित अटाउने बताउदै स्थरता नहेरी आफ्नो फाइदा मात्र हेरियो भने समस्या अझ बढ्ने बतानुभयो ।
गभर्नरले फ्लोटिङ रेटमा ऋण लिएपछि त्यो थपघट हुने भन्दै राष्ट्र बैंकले स्थिर ब्याज दर पनि लागू गरेको बतानुभयो । यसैगरी उहाँले पाँच सय र एक हजार (भारु)को नोटको समस्या हटाउन पहल भइरहेको पनि बताउनुभयो ।