११ मंसिर, २०८१ मंगलबार
10:20:40 AM
२६ असार, २०७९
काठमाण्डौं । आगामी आर्थिक वर्ष २०७९–८० बाट १० करोडभन्दा बढी कारोबार गर्ने सम्पूर्ण करदाताहरुले अनिवार्य रुपमा विद्युतीय बिजक जारी गर्नुपर्नेे भएको छ।
आन्तरिक राजस्व विभागले आव २०७७–७८ वा २०७८–७९ को मूल्य अभिवृद्धि र तथा आय विवरण मध्ये कुनै एक आवको कारोबार रकम १० करोडभन्दा बढी जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका करदाताहरुले अनिवार्य रुपमा विद्युतीय बिजक जारी गर्नुपर्ने व्यवस्था गरेको हो । सो व्यवस्था साउन १ गतेदेखि लागू हुनेछ ।
तर, कारोबारको प्रकृतिअनुसार उपभोक्ता वा ग्राहकलाई प्रत्यक्ष रुपमा बिजक जारी नगर्ने बैंक तथा वित्तीय संस्थाजस्ता निकायको कारोबारका हकमा यो व्यवस्था लागू नहुने विभागको सूचनामा उल्लेख छ ।