९ मंसिर, २०८१ आइतबार

01:04:21 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एफएनसीसीआईले दियो मौद्रिक नीतिका लागि यस्ता सुझाव

Nepal Business

२६ असार, २०७९

नाफामा कडाई तथा एलसी खोल्दा नगद मार्जिन राख्नु पर्ने निर्णय हटाउन माग

एफएनसीसीआईले दियो मौद्रिक नीतिका लागि यस्ता सुझाव

काठमाण्डौं । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष शेखर गोल्छाले बैंकको नाफामा कडाइ गर्नुपर्ने र आयातका लागि एलसी खोल्दा नगद मार्जिन राख्नु पर्ने निर्णय हटाउनु पर्ने माग गर्नुभएको छ । 

नेपाल उद्योग बाणिज्य महासंघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका बिषयमा सुझाव दिन आयोजित कार्यक्रममा बोल्दै उहाँले एलसी मार्जिनका विषयमा राष्ट्र बैंकले नभएर बाणिज्य बैंकले निर्णय गर्नु पर्ने तथा देशको क्रेडिट रेटिङ गर्नु पर्ने गोल्छाको सुझाव दिनुभयो । 

यस्तै उहाँले राष्ट्र बैंकले समयमै नीतिगत हस्तक्षेप गरेको भए पछिल्लो ६ महिनामा ब्याजदर दोब्बर बिन्दुमा पुग्ने पनि बताउनुभयो । अब बजारमा देखिएको तरलता समस्या समाधान गर्न तरलता रेसियो २० प्रतिशतबाट १५ प्रतिशत बनाउनु पर्ने पनि उहाँको सुझाव छ । 

बैंकले कर्जा प्रवाहमा कडाइ गर्दा सरकारको राजस्व लक्ष्य प्रभावित हुने उहाँले बताउनुभयो । पछिल्लो समय साना र मझौला उद्योगीको स्थिति कमजोर भएको  पनि उहाँले बताउनुभयो ।

कोरोना महामारी पछि अर्थतन्त्र चलायमान बनाउन केन्द्रीय बैंकले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिले पनि अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण भुमिका खेल्नु पर्ने उहाँले बताउनुभयो ।