९ मंसिर, २०८१ आइतबार

01:42:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सोमबारदेखि नबिल बैंक र एनबि बैंकको एकीकृत कारोबार नहुने, यस्तो छ कारण

२६ असार, २०७९

सोमबारदेखि नबिल बैंक र एनबि बैंकको एकीकृत कारोबार नहुने, यस्तो छ कारण

काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल बैंगलादेश (एनबी) बैंक लिमिटेडको एकीकृत कारोबार सोमबारदेखि नहुने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै सोमबारदेखि यी दुई बैंकको एकीकृत कारोबार नहुने जानकारी गराएको हो ।

दुवै बैंकको ग्राहक कारोबारको तथ्यांक सफ्टवेयरमार्फत एकीकृत गर्नको लागि डाटा माइग्रेशनको कार्य जारी रहेको हुँदा सोमबार पनि बैंकका सम्पूर्ण सेवा तथा कारोबार बन्द रहने बैंकले जारी गरेको सूचनामा उल्लेख छ । त्यही कारण यी दुवै बैंकको एकीकृत कारोबार भोलि (सोमबार) देखि सुरु नहुने भएको हो ।

एनबि बैंकलाई प्राप्तिपश्चात नबिल बैंकको नामबाट एकीकृत कारोबार संचालन गर्न दुवैको सम्पूर्ण तथ्यांकलाई एकल बैकिङ्ग सफ्टवेयरमा समायोजन गर्ने प्रयोजनका लागि यसअघि नबिल बैंकको असार २४ गते शुक्रबारदेखि असार २७ गते सोमबार कार्यालय समयअघिसम्म र एनबि बैंकको असार २३ देखि असार २७ गते कार्यालय समय अघिसम्म सम्पूर्ण कारोबार बन्द हुने जानकारी गराएको थियो । तर बैंकले सूचना जारी गर्दै असार २७ गते सोमबार पनि बैंकका सम्पूर्ण सेवा तथा कारोबार बन्द रहने जनाएको छ ।