९ मंसिर, २०८१ आइतबार
01:10:42 AM
२६ असार, २०७९
काठमाण्डौं । सिभिल बैंक लिमिटेड र पोखराको चरक मेमोरियल हस्पिटलबीच छुट सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता अनुसार बैंकका ग्राहकहरुले पोखराको चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख समीर के.सी. तथा हस्पिटलका तर्फबाट अध्यक्ष रामचन्द्र रेग्मिले हस्ताक्षर गर्नुभएको हो ।
बैंकका ग्राहकहरुले फार्मेसीमा ५ प्रतिशत ल्याब÷बेड, रेडियोलोजी तथा अपरेसनमा लाग्ने शुल्कमा १० प्रतिशत र होल बडी चेकअपमा २० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ ।
यस छुटको सुबिधा उपभोग गर्नको लागि सिभिल बैंकका ग्राहकहरुले हस्पिटलको बिलको भुक्तानी बैंकको मोवाईल बैंकिङ्ग एप मार्फत डिजिटल पेमेन्ट गर्नुपर्ने हुन्छ । यसका साथै आगामी दिनहरुमा बैक र हस्पिटलको संयुक्त पहलमा पोखराको विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गर्न सकिने गण्डकी प्रदेशका प्रमुख समीर के.सीले जानकारी दिनुभयो ।
सात लाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु मार्पmत सेवा प्रदान गरिरहेको बैंकको हालसम्म १२ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम रहेका छन् । साथै बैंकले हालसम्म करिव ९२ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ८८ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरिसकेको छ ।