१७ कार्तिक, २०८१ शनिबार
03:15:14 AM
२६ असार, २०७९
काठमाडौं । नेपाल एसबीआई बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ। बैंकले गत असार २२ गतेदेखि १ हजार अंकित दरका कुल ३० लाख इकाइ भएको ‘नेपाल एसबीआई ऋणपत्र–२०८३’ निष्कासन गरेको थियो। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा आज (असार २६ गते आइतबार) हुने भनिएको थियो। आज (आइतबार) बकर इदको सार्वजनिक बिदा परेकोले अब यो ऋणपत्रमा निष्कासन बन्द छिटोमा भोलि असार २७ गते र ढिलोमा साउन ४ गते बैंकिङ समयपछि हुने ऋणपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ।
यो ऋणपत्रको कुल इकाइमध्ये १८ लाख इकाइ बैंकले व्यक्तिगत तरबबाट बिक्री गर्नेछ। बाँकी १२ लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्। यसमा सामूहिक लगानी कोषबाट कुनै पनि आवेदन परेको छैन। लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतममा १२ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। यो ५ वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याज पाउनेछन्।
उक्त ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सकिने। सीडीएससीको ‘मेरो सेयर’मार्फत आवेदन पनि दिन सकिनेछ।