११ मंसिर, २०८१ मंगलबार
09:13:57 AM
२५ असार, २०७९
सङ्घको वरिष्ठ उपाध्यक्षमा सुदर्शन सुवेदी, उपाध्यक्षद्वय अञ्जु रञ्जित केसी र पुनम लामा जङ्गम, सचिवमा महेशराज पौडेल, सहसचिवमा इञ्जीनियर सीतु सैँजु, कोषाध्यक्षमा सुभाषराज बञ्जारा रहनुभएको छ ।
काठमाडौँ,
पनौती नगर क्षेत्रभित्रका उद्योगी व्यवसायीहरूको साझा संस्था पनौती उद्योग वाणिज्य सङ्घको अध्यक्षमा भोला थापा निर्वाचित हुनुभएको छ ।
शनिबार पनौतीमा सम्पन्न भएको पहिलो अधिवेशनले थापाको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गरेको हो ।
शनिबार पनौतीमा सम्पन्न भएको पहिलो अधिवेशनले थापाको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गरेको हो ।
सङ्घको वरिष्ठ उपाध्यक्षमा सुदर्शन सुवेदी, उपाध्यक्षद्वय अञ्जु रञ्जित केसी र पुनम लामा जङ्गम, सचिवमा महेशराज पौडेल, सहसचिवमा इञ्जीनियर सीतु सैँजु, कोषाध्यक्षमा सुभाषराज बञ्जारा रहनुभएको छ ।
त्यस्तै सदस्यमा क्रमशः राजेशकुमार श्रेष्ठ, उत्तम फाँछी श्रेष्ठ, ज्ञानबहादुर लामा, पुरुषोत्तम कर्माचार्य, ममता भारती, विमला श्रेष्ठ र रवीन्द्र हुमागाईँ निर्वाचित हुनुभएको हो ।
सङ्घका बाँकी सदस्य भने सम्बन्धित विषयगत समितिबाट प्रनितिधि छनोट गरेर पठाउने व्यवस्था छ ।
जसअनुसार बाँकी रहेका सदस्यमा वस्तुगत, एशोसिएट, कृषि, उद्योग, महिला, पर्यटन उद्यमी मञ्चलगायत विषयगत समितिबाट पठाउने प्रतिनिधिलाई मनोनित गरेर पूर्णता दिने व्यवस्था भएअनुरुप कार्यसमिति पूर्णता गर्ने सङ्घका सचिव पौडेलले बताउनुभयो ।
थापाको पनौती उद्योग वाणिज्य सङ्घमा दोस्रो कार्यकाल हो । यसअघिको पहिलो भेलाबाट थापाको नेतृत्वमा बनेको समितिबाट पहिलो अधिवेशन सम्पन्न गरी पुनः थापालाई नै नेतृत्व चयन गरेको सङ्घले जनाएको छ ।
सङ्घले पनौती क्षेत्रमा रहेका उद्योग, व्यवसायीलाई संस्थागतरूपमा एकताबद्ध बनाउँदै अगाडि बढ्नका लागि भूमिका खेल्दै उद्योग व्यवसायीको हितमा काम गर्ने जनाएको छ । पनौती नगरपालिका कृषि, उद्योग, पर्यटन र सांस्कृतिक विविधता भएको क्षेत्र हो ।