११ मंसिर, २०८१ मंगलबार

10:12:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालमा उद्योगको संख्या ६० हजार १ सय पुग्यो

२४ असार, २०७९

नेपालमा उद्योगको संख्या ६० हजार १ सय पुग्यो

काठमाडौं । नेपालमा उद्योगको संख्या ६० हजार १ सय ८५ वटा पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । शुक्रबार विभागले ११औं राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ को नतिजा सार्वजनिक गर्दै उद्योगको संख्या ६० हजार १८५ वटा पुगेको जानकारी दिएको हो ।

आर्थिक वर्ष २०७५। ७६ लाई आधार मानेर उक्त तथ्यांक लिइएको विभागले जनाएको छ । विभागले २०७६ फागुनमा तथ्यांक संकलन सुरु गरेको थियो । तर बीचमा कारोना महामारीका कारण तथ्यांक संकलनको काम प्रभावित हुँदा केही ढिला गरी तथ्यांक सार्वजनिक गरिएको विभागले जनाएको छ ।