२२ बैशाख, २०८१ शनिबार

06:12:28 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रधानमन्त्रीज्यू तपाईले पढेको क्याम्पस कहिले बन्छ ?

२४ असार, २०७९

प्रधानमन्त्रीज्यू तपाईले पढेको क्याम्पस कहिले बन्छ ?

काठमाडौं । बिनासकारी भूकम्पबाट पूर्णरुपमा क्षति भएको भवन पुननिर्माण हुनुपर्ने भन्दै काठमाडौंको घण्टाघरस्थति त्रिचन्द्र क्याम्पसका बिद्यार्थीहरुले प्रदर्शन गरेका छन् । भूकम्पबाट क्षति भएको लामो समय हुँदा पनि पुर्ननिर्माणमा चासो नदेखाएको भन्दै नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी बिद्यार्थीहरुले शिक्षा मन्त्रालय हराएको सूचना, ढुङ्गा बोल्यो, माटो बोल्यो, सरकार बोलेन, प्रधानमन्त्रीज्यू तपाईले पढेको क्याम्पस कहिले बन्छ ? लगाएतका प्लेकार्ड प्रर्दशन गरेका थिए । नेपालको इतिहासकै रुपमा रहेको त्रिचन्द्र क्याम्पसको पुननिर्माणमा सरकारको ध्यान नगएको भन्दै प्रदर्शन गर्नुपरेको बिद्याथीहरुको भनाई छ ।

एक सय चार वर्षको इतिहास बोकेको त्रिचन्द्र कलेजको अवस्था दयनीय बनेपछि विद्यार्थीहरु क्याम्पस बचाउ अभियानमा लागेका हुन् । २०७२ को भूकम्पले भत्काएको त्रिचन्द्र कलेजको पुरानो भवन पुनर्निर्माण नहुँदा थप जीर्ण बन्दै गएको छ ।