९ मंसिर, २०८१ आइतबार
01:57:32 AM
२४ असार, २०७९
काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकले यहि असार २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । एकीकृत कारोबार भएको दिनबाट नबिल बैंक र नेपाल बंगलादेश बैंकको केही शाखा कार्यालयहरु बन्द तथा स्थानान्तरण हुने भएको छ ।
बैंकले आज शुक्रबार एक सूचना प्रकाशित गर्दै नेपाल बंगलादेश बैंक र नबिल बैंकका विभिन्न स्थानमा रहेका शाखा कार्यलयहरु बन्द तथा स्थानान्तरण गरिने जनाएको छ ।
बैंकका अनुसार १७ स्थानमा रहेका बंगलादेश बैंकका शाखा कार्यालयहरु बन्द भई नजिकको नबिल बैंककको शाखा कार्यालयमा समायोजन हुनेछन् । साथै ३ स्थानमा रहेका नबिल बैंकको शाखा कार्यालयहरु बन्द भई नजिकको नेपाल बंगलादेश बैंकको शाखा कार्यालयमा समयोजन हुने बैंकले जनाएको छ ।
नबिल बैंक र नेपाल बंगलादेश बैंकले असार २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछन् । नबिल बैंक र एनबि बैंकबीच १००ः४२ रेसियोमा मर्जरमा जाने सहमति भएको थियो ।
हाल नबिल बैंकको चुक्ता पुँजी करिब १८ अर्ब ५० करोड र एनबी बैंकको करिब १० अर्ब ९ करोड रहेको छ । यस एक्विजिसन पश्चात् हाल सहमत गरिएको स्वाप रेसियो अनुरुप बैंकको चुक्ता पुँजी करिब २३ अर्बको हुनेछ ।