९ मंसिर, २०८१ आइतबार
01:44:17 AM
२४ असार, २०७९
काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकको मर्जरसम्बन्धी सम्झौता आज (असार २४ गते शुक्रबार) नहुने भएको छ । शुक्रबार दिउँसो १ बजे हुने भनिएको हिमालयन बैंक र सिभिल बैंकबीचको सम्झौता हाललाई स्थगित भएको हो ।
सिभिल बैंकले कर्मचारी समायोजन, सञ्चालक समिति जस्ता कुरा पनि टुंग्याएर मात्रै सम्झौता गर्ने बताएपछि शुक्रबार हुने भनिएको कार्यक्रम स्थगित भएको जनाइएको छ । हिमालयन बैंक र सिभिल बैंक १००ः८१ को अनुपातमा मर्जर हुन लागेको थियो ।
मर्जरपछि हिमालयन बैंकको १ सय कित्ता सेयर बराबर सिभिलको ८१ कित्ता बराबर सेयर हुने गरी स्वाप रेसियो तय भएको थियो। तर अन्तिममा डिडिएपछि स्वाप तलमाथि हुनसक्ने भनेपछि मर्जर हाललाई स्थगित भएको छ। हिमालयन बैंकले यसअघि पनि नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर तोडेको थियो।