९ मंसिर, २०८१ आइतबार

02:35:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भर्नुभयो त ? सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

२४ असार, २०७९

भर्नुभयो त ? सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज (शुक्रबार) अन्तिम दिन रहेको छ । बैंकले असार १० गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरेको ऋणपत्रमा आवेदन दिने आज (असार २४ गते, शुक्रबार) अन्तिम दिन रहेको छ ।

बैंकले १० वर्ष अवधिकाे "१० वर्ष, १०.७५% एसबीएल डिबेञ्चर, २०८९" नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । निष्कासन गरिएको कुल ४० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ ।

लगानीकर्ताले उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताहरूले कुमारी क्यापिटल, सिद्धार्थ बैंक लिमिटेड र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।