२३ बैशाख, २०८१ आइतबार

05:08:26 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सरकार प्रतिबद्ध : मन्त्री चौधरी

Nepal Business

२३ असार, २०७९

जनकपुरधामको मुख्य चुनौतीका रुपमा देखिएको फोहरमैला व्यवस्थापनका लागि जग्गा उपलब्ध भए सरकारले फोहरमैला व्यवस्थित गर्न बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सरकार प्रतिबद्ध : मन्त्री चौधरी

जनकपुर,

सहरी विकासमन्त्री मेटमणि चौधरीले जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।  

धनुषाको जनकपुरधामस्थित बसपार्क निर्माण कार्यको शिलान्यास गर्नुहुँदै मन्त्री चौधरीले धार्मिक, सांस्कृति र ऐतिहासिक नगरी जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सरकार गम्भीर रहेको बताउनुभयो । 

धनुषाको जनकपुरधामस्थित बसपार्क निर्माण कार्यको शिलान्यास गर्नुहुँदै मन्त्री चौधरीले धार्मिक, सांस्कृति र ऐतिहासिक नगरी जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सरकार गम्भीर रहेको बताउनुभयो । 

जनकपुरधाममा रहेका पोखरी तथा मठ, मन्दिरको जीर्णोद्धार लगायतका काम भइरहेको जानकारी दिनुहुँदै मन्त्री चौधरीले मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधामको सडक पूर्वाधार स्तरोन्नतिको कामलाई समेत प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । 

जनकपुरधामको मुख्य चुनौतीका रुपमा देखिएको फोहरमैला व्यवस्थापनका लागि जग्गा उपलब्ध भए सरकारले फोहरमैला व्यवस्थित गर्न बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा मधेस प्रदेश सरकारका उद्योग, वन तथा पर्यटनमन्त्री सत्रुधन महतोले जनकपुरधामलाई धार्मिक पर्यटकीय करिडोरका रुपमा विकास गर्ने योजना बनाएको जानकारी दिनुहुँदै त्यसका लागि तीनै तहको सरकारसँग समन्वय गरी अघि बढ्ने बताउनुभयो ।