९ मंसिर, २०८१ आइतबार
02:37:30 AM
२३ असार, २०७९
काठमाडौं । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले नेपालमा श्रीलंकाको जस्तो संकट नआउने बताउनुभएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिका विषयमा सम्बन्धित निकायमा पेश गरेको सुझावहरुको बारेमा जानकारी दिन सिबिफिनले आज (बिहीबार) आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पौड्यालले भूकम्प, नाकाबन्दी र कोभिडजस्ता संकट पार गरिसकेको देशमा श्रीलंकाको जस्तो संकट नआउने बताउनुभएको हो ।
उहाँले भन्नुभयो ‘हामीकहाँ श्रीलंकाको जस्तो संकट आउँदैन भूकम्प, नाकाबन्दी र कोभिडजस्ता संकट हामीले पार गरिसकेका छौँ। त्यसैले अहिले अर्थतन्त्रमा देखिएका केही समस्यासँग लड्न पनि हामी सक्षम छौँ।’
साथै अध्यक्ष पौड्यालले देशको हालको परिस्थितिअनुसार पोलिसीमा भने परिमार्जन आवश्यक रहेको बताउनुभएको छ ।