९ मंसिर, २०८१ आइतबार

02:15:49 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कामना बैंकले ल्यायो केएस डिजी वल्ड

Nepal Business

२३ असार, २०७९

कामना बैंकले ल्यायो केएस डिजी वल्ड

काठमाण्डौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि अनलाईन पोर्टल (केएस डिजी वल्र्ड) सञ्चालनमा ल्याएको छ ।

बैंकले डिजिटल माध्यम मार्फत सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ्ग सेवा प्रदान गर्ने हेतुले अनलाईन पोर्टल (केएस डिजी वल्र्ड) सार्वजनिक गरेको हो । 

यो सेवा लागू भएपछि बैंकका ग्राहकहरुले बैंकको वेबसाईट वा मोबाईल एप मार्फत एकद्वार प्रणालीमार्फत घरैमा बसी अनलाईन सेवाहरु प्राप्त गर्न सक्नेछन् । 

केएस डिजी वल्र्डमा अनलाईन खाता, अनलाईन ऋण आवेदन, अनलाईन डिम्याट र मेरोशेयर, अनलाईन कार्ड रिक्वेस्ट, अनलाईन क्युआर रिक्वेस्ट, अनलाईन ग्राहक केन्द्र सेवा लगायतका सेवाहरु उपलब्ध छन् । साथै बैंकले आगामी दिनहरुमा समेत अन्य अनलाइन सेवाहरू थप गर्दै जाने योजना बनाएको छ ।