९ मंसिर, २०८१ आइतबार
02:53:14 AM
२३ असार, २०७९
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीचको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ। राष्ट्र बैंकले हिजो (असार २२ गते, बुधबार) यी दुई बैंकलाई मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो ।
दुवै बैंकबीच गत जेठ २७ गते, शुक्रबार मर्जर सम्झौता भएको थियो । यी बैंक १००ः९० को सेयर स्वाप अनुपातमा मर्जर जाने सम्झौता भएको हो ।
मर्जर पछि बैंकको नाम “ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड” हुने र सञ्चालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा ज्योती प्रकाश पाण्डे रहने सहमति भएको छ ।
हाल इन्भेस्टमेन्ट बैंकको चुक्तापुँजी १८ अर्ब ३० करोड रुपैयाँ रहेको छ। मेगा बैंकको चुक्तापुँजी १६ अर्ब १२ करोड रुपैयाँ रहेको छ। मर्जरपछि बैंकको चुक्तापुँजी ३२ अर्ब रुपैयाँ पुग्नेछ।