७ मंसिर, २०८१ शुक्रबार

02:28:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आईडिया स्टुडियोको सहकार्यमा ‘प्रतिभा डबली’ कार्यक्रम सम्पन्न, चार जना पुरस्किृत

Nepal Business

२३ असार, २०७९

आईडिया स्टुडियोको सहकार्यमा  ‘प्रतिभा डबली’ कार्यक्रम सम्पन्न, चार जना पुरस्किृत

काठमाण्डौं । संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयले  आइडिया स्टुडियो नेपालको सहकार्यमा संचालन गरेको निजामती कर्मचारीको नविन सोच÷इनोभेटिभ आईडिया प्रस्तुतिका लागि ‘प्रतिभा डबली’ अन्तिम चरणको छनौट कार्यक्रम सम्पन्न भएको छ । 

राजधानीस्थित राष्ट्रिय सभागृहमा सम्पन्न भएको सो कार्यक्रममा निजामती कर्मचारीहरुमा रहेको नवीनतम सोचलाई प्रस्फुटन गरि कर्मचारीहरुबीच उत्कृष्ट अभ्यासहरु सिर्जना गर्ने प्रमुख उद्देश्य सहित देशभरीबाट प्राप्त ३४ वटा आइडियाहरु मध्यबाट उत्कृष्ट १० विचारकहरुले आफ्नो सोच  प्रस्तुत गर्नु भएको थियो ।  

कार्यक्रममा दस जना सहभागीहरुको मुल्याङ्कनलाई जोडिएको थियो जसमा चार जना प्रस्तोताहरुले पुरस्कार प्राप्त गर्न सफल हुनुभएको थियो । प्रथम, दोस्रो र तेस्रो हुने प्रतिस्पधीहरुलाई ५० हजार, ४० हजार र ३० हजारसँगै सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । र छ जना सहभागी प्रतिस्पधीहरुलाई प्रसंशा पत्र हस्तान्तरण गरिएको थियो । 

कार्यक्रमको मुख्य केन्द्रमा रहेर कर्मचारीको आईडिया प्रस्तुतिको अन्तिम चरणको छनौट कार्यक्रममा दश जना निजामती कर्मचारीहरुले आ–आफ्नो आइडिया प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको निर्णायक मण्डलमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, नेपाल सरकारका पूर्व सचिव बेगेन्द्रराज शर्मा पौडेल र आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष तथा सह–संथापक डा छिरीङ लामा रहनु भएको थियो ।

नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले कार्यक्रमलाई  सम्बोधन गर्दै प्रतिभा डबली वा प्रतिभा प्रतिस्पर्दा देश र निजामती कर्मचारीहरुको लागी नौलो सुरुवातको रुपमा रहेको जानकारी गराउदै सरकारी कर्मचारीसंग पनि नयाँ विचार र क्षमताको कमी नभएको साथै देशलाई सकारात्मक तर्फ लैजाने क्षमता भएको बताउनुभयो । 

त्यस्तै कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमनत्री राजेन्द्रप्रसाद श्रेष्ठले भन्नुभयो, ‘क्षमता सबैमा हुने तर सबैले प्रस्तुत गर्न सक्दैन्न, प्रतिभा डबली जस्ता कार्यक्रमले मानिसको क्षमतालाई अभिवृद्धिमा टेवा पुर्याउने छ ।’

उहाँले निजामती सेवाहरुलाई प्रगतिशिल वातावरण सृजना गर्न व्यवहारात्मक दृष्टिकोणको विकास गर्न आवश्यक रहेको जानकारी दिनुभयो । 

यस्तै सचिव सुरेश अधिकारीले कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै प्रस्तुत सोचहरुले निजामती सेवालाई नयाँ आयाम थप्ने, हाल चलनचल्तीका प्रकृया र पूर्वाधारहरुलाई समयको माग अनुसार प्रविधिमुलक बनाइ सरकारी कामकाजहरुलाई सार्थक तथा सहजीकरण बनाउने उल्लेख गर्दै सबै प्रतिस्पर्धीहरुलाई शुभकामना प्रधान गर्नुभयो । 

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, नेपाल सरकारका मुख्य सचिव, शंकरदास बैरागी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारी,  संचार तथा सूचना प्रबिधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी लगायत विभिन्न मन्त्रालयका सचिवहरु,  नेपाल सरकारका पूर्व सचिव बेगेन्द्रराज शर्मा पौडेल, आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष तथा सह–संथापक डा छिरीङ लामा, विभिन्न मन्त्रालयका सहसचिहरु,  उप–सचिवहरु, शाखा अधिकृतहरु, अन्य कर्मचारीहरू, संचारकर्मी, विभिन्न संघसंस्थाका  विशिस्ट व्यक्तिहरु गरि झन्डै तीन सय मानिसहरुको उपस्थिति रहेको थियो  ।