९ मंसिर, २०८१ आइतबार
02:48:36 AM
२३ असार, २०७९
काठमाडौँ । बैंकहरूको निक्षेप संकलन एकै दिनमा १४ अर्बले बढेको छ । बैंकहरूको निक्षेप संकलन बढ्दा सिडी रेसियोमा पनि सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार असार गत असार २१ गते, मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा एकै दिन १४ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । असार २० गते, सोमबारसम्म बैंकहरूको निक्षेप ५० खर्ब ३३ अर्ब रूपैयाँ रहेको थियो ।
मंगलबार एकै दिनमा १४ अर्ब थपिएसँगै बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५० खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप रहेको राष्ट्र बैंकले जनाएको छ । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि १३ अर्बले बढेर ४४ खर्ब ५७ अर्ब पुगेको छ । वाणिज्य बैंकहरूको कर्जा लगानी पनि १ अर्बले बढेर ४१ खर्ब ७६ अर्ब रूपैयाँमा पुगेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा प्रवाह ४७ खर्ब ६ अर्बमा पुगेको छ ।बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८८.५८ प्रतिशतबाट घटेर ८८.३५ प्रतिशतमा झरेको छ