९ मंसिर, २०८१ आइतबार
02:12:28 AM
२३ असार, २०७९
काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंक लिमिटेडको कारोबार केही दिन बन्द हुने भएको छ । प्राप्ती प्रक्रियाका क्रममा यी दुइ बैंबका सफ्ट्वेयर समायोजनका लागि दुबै बैंकको बैंकिङ सेवा र तथा कारोबार बन्द हुने भएको हो ।
दुबै बैंकको सम्पूर्ण तथ्याङ्कलाई एकल बैंकिङ्ग सफ्टवेयरमा समायोजन गर्ने प्रयोजनको लागि असार २४ गते शुक्रबार कार्यालय समय पछिदेखि असार २७ गते सोमबार विहान कार्यालय समय अगाडि सम्म नविल बैंकका सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबार बन्द हुनेछन् । असार २५ गते शनिबार सार्वजनिक विदाको दिन सञ्चालन हुने सम्पूर्ण काउण्टर तथा अन्य बैंकिङ्ग सेवा बन्द रहनेछन् भने उक्त समयमा नबिल बैंकका क्रेडिट कार्ड र प्रिपेड कार्ड भने सञ्चालनमा रहने बैंकले जनाएको छ।
त्यसै नेपाल बंगलादेश बैंकमा भने असार २३ गते विहिबार कायालय समय पश्चातदेखि असार २७ गते सोमबार बिहान कार्यालय समय अगाडि सम्म उक्त बैकका सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबार बन्द रहने छ । उक्त समयमा नेपाल बंगलादेश बैंकका क्रेडिट कार्ड भने सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ ।