९ मंसिर, २०८१ आइतबार

02:52:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तबीच मर्जर सम्झौता

२३ असार, २०७९

आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तबीच मर्जर सम्झौता

काठमाडौं । आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तबीच मर्जर सम्झौता भएको छ । यी दुई कम्पनीबीच हिजो (बुधबार) मर्जरमा जाने सम्झौता भएको हो ।  प्रारम्भिक सहमति अनुसार १००ः७० को स्वापमा मर्जरमा जाने भएको हो ।  आंधीखोला लघुवित्तको १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने कम्पनीको ७० कित्ता  पाउने छन् ।

अन्तिम स्वाप भने डिडिएपछि तय हुने कम्पनीले जनाएको छ । यस अघि आँधिखोला लघुवित्त र धौलागिरि लघुवित्तले २०७६ पुस २ गते मर्जमा जाने सम्झौता गरेका थिए । तर मर्जर भाडिएपछि नेप्सेमा गत जेठ २७ गतेदेखि कम्पनीको सेयर कारोबार फुकुवा भएको थियो । फेरि मर्जर सम्झौताका कारण कारोबार रोक्का हुने भएको छ।  हाल कम्पनीको चुक्ता पुँजी ११ करोड ९० लाख रहेको छ भने भखरै आईपीओ जारी गरेको सीवाईसी नेपाल लघुवित्तको चुक्ता पुँजी १२ करोड १६ लाख रहेको छ ।