९ मंसिर, २०८१ आइतबार
02:54:49 AM
२२ असार, २०७९
काठमाडौं । बैंकिङ प्रणालीमा विस्तारै तरलता बढ्न थालेको छ । आर्थिक वर्ष सकिन केहि दिन मात्रै बाँकि रहँदा वित्तीय प्रणालीले खेप्दै आएको तरलता अभाव विस्तारै सहज हुन थालेको हो । पछिल्ला दिन दैनिक औसत ८ देखि १० अर्ब रुपैयाँका दरले निक्षेप बढ्न थालेको छ। नेपाल राष्ट्र बैंकका अनुसार, गत आइतबारसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप एकै दिन ९ अर्बले बढेर ५० खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ।
वाणिज्य बैंकहरुको मात्र एक दिनमा निक्षेप ८ अर्ब रुपैयाँले बढेर ४४ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ। तर वाणिज्य बैंकहरुको ऋण दुई अर्ब रुपैयाँले घटेर ४७ खर्ब ६ अर्बमा झरेको छ। बैंक ऋण ४१ खर्ब ७६ अर्बमा झरेको छ। ऋण घट्ने र निक्षेप बढ्ने हुँदा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८८.६३ प्रतिशतमा झरेको छ। तर अन्तर बैंक ब्याज दर भने ७ प्रतिशत माथि नै रहेको छ।