९ मंसिर, २०८१ आइतबार
02:53:23 AM
२२ असार, २०७९
काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले आज (असार २२ गते, बुधबार) देखि ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेको छ । बैंकले ५ वर्ष अवधि भएकाे वार्षिक ९.२५ प्रतिशत व्याज भएकाे "५ वर्ष, ९.२५% नेपाल एसबीआई बैंक डिबेञ्चर, २०८३" नाममा ऋणपत्र निष्कासन गरेकाे हाे ।
बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ ।
लगानीकर्ताले उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि छिटोमा असार २६ गते र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ ।बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताहरूले सानिमा क्यापिटल लिमिटेड, नेपाल एसबीआई बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट पनि आवेदन दिन सक्नेछन् ।