९ मंसिर, २०८१ आइतबार

01:34:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हिमालयन बैंक र सिभिल बैंकबीच मर्जर हुँदै, आज समझदारी पत्रमा हस्ताक्षर

२२ असार, २०७९

हिमालयन बैंक र सिभिल बैंकबीच मर्जर हुँदै, आज समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकका बिचमा मर्जरमा जाने सम्बन्धी सहमति अन्तिम चरणमा पुगेको छ । यी दुई बैंकबीच आज (बुधबार) मर्जरको अन्तिम सम्झौता हुनेछ ।

बैंकका एक सञ्चालकका अनुसार दुई बैंकका बिचमा करिब सहमति भइसकेको छ, सम्भवत आज (बुधबार) नै दुई बैंकका बिचमा मर्जरको समझदारी पत्र (एमओयू) हुने छ। नयाँ सहमति अनुसार अब हिमालयन बैंकले सिभिल बैंकलाई १००ः८० को सेयर स्वाप अनुपातमा मर्जर गर्नेछ ।