९ मंसिर, २०८१ आइतबार
01:32:43 AM
२१ असार, २०७९
उहाँले अहिले बैंक तथा वित्तीय संस्थामा ५० खर्बभन्दा बढी निक्षेप रहेको तथा सो अनुसारको लगानी भएको भन्दै यसको प्रभाव अर्थतन्त्रमा देखिनुपर्ने पनि बताउनुभयो ।
काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिडमा दिएको सुविधा सधैँ दिन नसकिने स्पष्ट पार्नुभएको छ ।
निजी क्षेत्रका व्यवसायीहरूले २०७७ सालमका ल्याएको जस्तो मौद्रिक नीतिको अपेक्षा गरिरहेका छन् । तर गभर्नर अधिकारीले त्यसलाई इन्कार गर्नुभएको छ ।
निजी क्षेत्रका व्यवसायीहरूले २०७७ सालमका ल्याएको जस्तो मौद्रिक नीतिको अपेक्षा गरिरहेका छन् । तर गभर्नर अधिकारीले त्यसलाई इन्कार गर्नुभएको छ ।
नेपाल व्यवस्थापन संघ (म्यान)ले आयोजना गरेको मौद्रिक नीतिको छलफल कार्यक्रममा गभर्नर अधिकारीले राष्ट्र बैंकले कोभिडको समयमा दिएको सुविधाले अर्थतन्त्र ‘भी’आकारमा फर्केको बताउनुभयो ।
‘कोभिडको समयमा व्यवसाय चलाउनको लागि हामीले ऋण संरचनादेखि लिएर पुनरकर्जाको सुविधा दिएका थियौं, क्रमशः सुविधाहरु हटाउदै लैजाने हो,’अधिकारीले भन्नुभयो, सुविधा कटौती अन्तर्गत नै चालु आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधि समीक्षामार्फत पुनरकर्जाको ब्याजदर बढाएको तथा आकार घटाउदै लगिने छ ।
उहाँले अहिले बैंक तथा वित्तीय संस्थामा ५० खर्बभन्दा बढी निक्षेप रहेको तथा सो अनुसारको लगानी भएको भन्दै यसको प्रभाव अर्थतन्त्रमा देखिनुपर्ने पनि बताउनुभयो ।
व्यवसायीहरूले भने २०७७ सालको मौद्रिक नीतिले अर्थतन्त्र जोगाउन मद्दत गरेको भन्दै अहिले समस्या भएको बेला सहज खाले मौद्रिक नीति ल्याउन आग्रह गर्नुभएको छ ।