२२ बैशाख, २०८१ शनिबार

10:22:50 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

‘युवाको बुझाईमा संस्कृति–२०२२’ वक्तित्व प्रतियोगिताका विजयी प्रतियोगीहरुको घोषणा, त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत प्रतिशा जोशी प्रथम

Nepal Business

२१ असार, २०७९

‘युवाको बुझाईमा संस्कृति–२०२२’ वक्तित्व प्रतियोगिताका विजयी प्रतियोगीहरुको घोषणा, त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत प्रतिशा जोशी प्रथम

काठमाण्डौं । दया फाउन्डेसन, साउथवेस्टर्न स्टेट कलेज र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ द्वारा संयुक्त रुपमा आयोजित राष्ट्रव्यापी ‘युवाको बुझाईमा संस्कृति–२०२२’ वत्तृmत्व प्रतियोगिताको विजयी प्रतियोगीहरुको घोषणा गरिएको छ । 

काठमाण्डौंको टोखा–७ बसुन्धरास्थित साउथवेस्टर्न स्टेट कलेजको हलमा आयोजित एक कार्यक्रममा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत प्रतिशा जोशी प्रथम, बुढानीलकण्ठ स्कूलमा अध्ययनरत दीक्षा उपाध्याय द्वितीय र सिड्स् फाइनान्सियलस् एकेडेमीमा अध्ययनरतपे्ररणा थापा तृतीय भएको घोषणा गरिएको हो । 

प्रतियोगितामा ग्रेसी न्यौपाने(नाइटिंगेल इन्टरनेशनल एकेडेमी) र सहारा सुबदी (साउथवेस्टर्न स्टेट कलेज)ले सान्त्वना स्थान हासिल गरेका छन् । साथै प्रतियोगितामा विशेष पुरस्कार अश्विन अधिकारी (साउथ वेस्टर्न स्टेट कलेज) र बमबहादर विश्वकर्मा (श्री त्रिनगर मा. वि., धनगढी, कैलाली)ले हासिल गरेका छन् ।

तीन चरणमा आयोजित सो प्रतियोगितामा मुलुकभरका ४६ विद्यालयका ९४ विद्यार्थीको सहभागिता रहेको थियो । युवाहरूलाई नेपाली संस्कृतिप्रति आकर्षक गर्न सो कार्यक्रम गरिएको हो । २०७९ वैशाख ७ गतेबाट सुरु भएको प्रतियोगिता पहिलो र दोस्रो चरण जुम मिटिङ्बाट भएको थियो भने अन्तिम प्रतियोगिता सहभागीबीच भौतिक उपस्थितिमा भएको थियो ।

उक्त कार्यक्रममानेपालका लागि अस्टे«लिया र इजिप्टका राजदूत क्रमशः फेलिसिटी भोल्क, नोहा एच एल्गेबाली, डा. पल्वसा हैदर, रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२का डिजिई राजेन्द्र धोजू, डिजिएन राजेन्द्र मान शेरचन, दया फाउन्डेसनका अध्यक्ष राजेश बहादुर प्रधान, साउथवेस्टर्न स्टेट कलेजका प्रमुख तथा व्यवस्थापन विज्ञ डा. राजेन्द्र केसी, प्रा.डा. श्रीधर गौतम, प्रा.डा. सविना भट्टराई, सम्झना खरेल, केशव सिग्देल, हरिकृष्ण लामिछाने, रमा कडेल, दिनेश मानन्धर, त्रिभुवनचन्द्र वाग्ले, अनु श्रेष्ठ, बदनलाल न्याँछ्यो, बादल प्रधान, कपिलदेव रेग्मी लगायत प्रतियोगी तथा विद्यार्थीहरुको बाक्लो उपस्थित थियो ।

कार्यक्रमका वक्ताहरूलाई विभिन्न समूहमा विभाजन गरी समूहगत मूल्याङ्कन गरिएको थियो । समूहगत मूल्याङ्कन समितिमा नेपालका लागि अस्टे«लिया र इजिप्टका राजदूत क्रमशः फेलिसिटी भोल्क, नोहा एच एल्गेबाली, प्रा.डा. श्रीधर गौतम, प्रा.डा.सविना भट्टराई, सम्झना खरेल, डा. पल्वसा हैदर, केशव सिग्देल, हरिकृष्ण लामिछाने, रमा कडेल, दिनेश मानन्धर, त्रिभुवनचन्द्र वाग्ले, अनुश्रेष्ठ, बदनलाल न्याँछ्यो, बादल प्रधान र कपिलदेव रेग्मी रहनु भएको थियो । 

यस्ता रचनात्मक कार्यक्रमलाई क्याम्पसले निरन्तरता दिने प्रतिवद्धता साउथवेस्टर्न स्टेट कलेजका प्रमुख तथा व्यवस्थापन विज्ञ डा. राजेन्द्र केसीले जानकारी दिनुभयो । 

नेपालका लागि अस्टे«लियाका राजदूत फेलिसिटी भोल्कले आफू नेपाल आउँदा नेपाली संस्कृति र नेपाली जनतामा रहेको सहिष्णुता देखेर प्रभावित हुने गरेको अनुभव सुनाउनुभयो ।  
यूनेस्कोका नेपालका लागी प्रतिनिधि माईकल क्रफ्टले नेपाल संस्कृतिक हिसाबले सम्वृद्ध राष्ट्र रहेको र यूवाहरुले यसको महत्व वुझेमा यसले पर्यटन मार्पmत देशलाई नै सम्वृद्धिको पथमा डो¥याउने कुरा बताउनुभयो ।

नेपालजस्तो विविध संस्कृतिले सम्पन्न देशका युवाले देश प्रेमका लागि संस्कृतिको संवद्र्धनमा जुट्नु पर्ने विचार दया फाउन्डेसनका अध्यक्ष राजेश बहादूर प्रधानले व्यक्त गर्नुभयो ।  उक्त कार्यक्रमले नेपाली यूवामा आफ्नो मौलिक संस्कृति प्रति आकर्षण बढ्ने कुरामा कार्यक्रमका संयोजक सरिता शाक्य प्रधानले विश्वास व्यक्त गर्नुभयो ।

नेपालमा बसोबास गर्ने विभिन्न जातजातिका मौलिक संस्कृतिप्रति विद्यार्थीको बुझाइ विस्तार गर्न र संस्कृतिप्रति सकारात्मक सन्देश दिन कार्यक्रम सफल रहेको र कार्यक्रमले विद्यार्थीको बोध तथा अभिव्यक्ति क्षमताको विकासमा टेवा पु¥याउनुको साथै संस्कृति विचलन रोक्न सहायक हुने कुरा कार्यक्रमका संयोजक निभा माथेमा प्रधानले बताउनु भयो ।