९ मंसिर, २०८१ आइतबार

01:51:50 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनएमबि बैंकद्वारा सुर्खेतको सामुदायिक विद्यालयको भवन पुनः निर्माण

Nepal Business

२१ असार, २०७९

एनएमबि बैंकद्वारा सुर्खेतको सामुदायिक विद्यालयको भवन पुनः निर्माण

काठमाण्डौं । एनएमबि बैंकले सामाजिकदायित्व अन्तर्गत विरेन्द्रनगर सुर्खेत–१६ स्थित सरस्वती प्राथमिक विद्यालयको छाना माथिको पुन संरचना÷सम्भार र कक्षा कोठाको मर्मत सम्भार गरेको छ।
गत जेठमा आएको हावाहुरीले उक्त विद्यालयको जस्ताको छाना उडाएपछि विद्यार्थीहरु खुल्ला चौरमै पढन बाध्य थिए । एक कार्यक्रममा बैंकले ४ वटा कोठाको पुनःनिर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो ।

उक्त कार्य परियोजनाको समापन तथा हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट क्षेत्रीय प्रवन्धक मित्रराज प्याकुरेल, कर्मचारीहरु निर्मल गौली लगायत उपस्थित थिए भने विद्यालयको तर्फबाट विद्यालय व्यवस्थापन समिति शिक्षक तथा विद्यार्थी र पत्रकारहरु लगायत सदस्यहरु उपस्थित थिए ।

उक्त कार्यक्रममा क्षेत्रीय प्रवन्धक प्याकुरेलले यस सहकार्यले विद्यार्थी भाईबहिनीहरुमा पठन पाठनमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । 

बैंकले वित्तीय कारोवार मात्रगर्ने थाहा भएपनि सामाजिक कार्यमा सहयोग गर्ने कुराले आफूहरु हर्षित भएको विद्यालयका प्रधानाध्यापक खड्कबहादुर खड्काले बताउनुभयो ।  ‘सामाजिक कार्यमा एनएमबि बैंकको सहकार्यले शिक्षक, विद्यार्थी र अभिभावकमा खुसी छौं’, प्रधानाध्यापक खड्काले भन्नुभयो, ‘वीरेन्द्रनगरकै विकट वडा भएकाले विद्यालयमा सेवा सुविधा छैन् । यस्तो अवस्थामा बैंकले गरेको सहयोग अतुलनीय छ ।’ 

एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मापनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।