९ मंसिर, २०८१ आइतबार

01:39:50 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काठमाण्डौं उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा संचालनमा

Nepal Business

२१ असार, २०७९

काठमाण्डौं उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा संचालनमा

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाण्डौं उपत्यकामा थप तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले नयाँ शाखा विस्तार गर्ने क्रममा आफ्नो १७५ औँ, १७६ औँ तथा १७७ औँ शाखा काठमाडौँको ठूलो भर्याङ्ग, थली र बुढानिलकण्ठमा गरी थप ३ वटा शाखाहरु संचालनमा ल्याएको हो । यससँगै काठमाण्डौं उपत्यका भित्र यस बैंकको ३२ वटा शाखाहरु पुगेका छन् । 

सुविधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले गरेको छ । 

ग्राहकहरुको वित्तीय आवश्यकताहरु सरल र सहज तवरले प्रवाह होस् भन्ने अभिप्रायका साथ बैंकले हालसालै काठमाण्डौंको नारायण गोपाल चोक शाखा, नवलपरासीको अमरापुरी शाखा, रुपन्देहीको बाँसगढी शाखा र हुम्ला जिल्लाको सिमिकोट शाखा गरी ४ वटा शाखा स्थानान्तरण गर्ने कार्य समेत सम्पन्न गरिसकेको छ । 

आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्दै आएको यस बैंकले प्रमुख वित्तीय सूचकहरू नियामक निकायले तोकेको सिमा भित्र कायम गरेको छ । 

बैंकले १ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रबाह गरि करिब १४ लाख ग्राहकहरुलाई अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ ।

कर्जा निक्षेप अनुपातका सँगै अन्य वित्तीय परिसूचकहरु पनि नियमक निकायले तोकेको सिमा भित्रै कायम गरेको छ ।