१७ कार्तिक, २०८१ शनिबार
03:15:29 AM
२१ असार, २०७९
काठमाडौं । लुघवित्त वित्तीय संस्थाहरुको खुद मुनाफा १४६.७१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तिय संस्थाहरुको निरिक्षण र सुपरिवेक्षण सम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
लघुवित्त संस्था सुपरिवेक्षण विभागले सार्वजनिक गरेको उक्त प्रतिवेदन अनुसार २०७८ असार मसान्तसम्ममा लुवित्तहरुको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १४६.७१ प्रतिशतले वृद्धि भई रु ११ अर्व ८७ करोड पुगेको छ ।
सो अवधिसम्म लघुवित्तहरुको ब्याज आम्दानी ४५ अर्ब २४ करोड रुपैयाँ, ब्याज खर्च १८ अर्ब १५ करोड रुपैयाँ र संचालन आम्दानी ४१ अर्ब ५८ करोड रुपैयाँ रहेको छ ।
अघिल्लो आर्थिक वर्षमा कुल ८४ वटा संस्थाहरु मध्ये १३ वटा खुद नोक्सानमा रहेकोमा यस आर्थिक वर्षमा कुल ७० वटा संस्थाहरुमध्ये ६८ वटा खुद नाफामा र २ वटा मात्र खुद नोक्सानमा रहेको राष्ट्र बैंकले जनाएको छ ।