९ मंसिर, २०८१ आइतबार
01:32:46 AM
२१ असार, २०७९
काठमाडौं । एक सातामै वाणिज्य बैंकहरुको निक्षेप ३४ अर्ब रुपैयाँले बढेको छ। नेपाल बैंकर्स संघका अनुसार असार १७ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ३४ अर्ब रुपैयाँले बढेको हो। संघका अनुसार असार १० गतेसम्म वाणिज्य बैंकहरु ४३ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा १७ गतेसम्म आइपुग्दा ३४ अर्ब रुपैयाँले बढेर ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ ।
त्यस्तै, एक सातामा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि २ अर्ब रुपैयाँले बढेको छ। गत असार १० गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ८२ अर्ब रुपैयाँ रहेकोमा असार १७ गतेसम्म बढेर ४१ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ। संघका अनुसार असार १७ गतेसम्म वाणिज्य बैंकको औसत सीडी रेसियो ८९.४२ प्रतिशत रहेको छ।